विहिवारदेखि कृष्णनगरमा लगाइएको कफ्यु हटयो


कपिलवस्तु, १६ कार्तिक । कृष्णनगरमा लगाइएको कर्फ्यु शनिवार विहानदेखि प्रशासनले हटाएको छ । दीपावलीमा पूजा गरिएको गणेश/लक्ष्मी पूजाको मूर्ति बिसर्जनका क्रममा झडप भएपछि स्थानीय प्रशासनले बिहीबार बिहान ११ बजेदेखि अनिश्चितकालीन कर्फ्यु जारी गरेको थियो ।

बुधबार राति १० बजेदेखि १ बजेसम्म दुई धार्मिक समुदायबीच् झडप भएको थियो । लक्ष्मीपूजाको मूर्ति बिसर्जनका क्रममा सुरु भएको विवाद हिंसाको तहसम्म पुगेपछि जिल्ला सुरक्षा समितिको बैठकले कृष्णनगर बजार वरपरका क्षेत्रमा क्रफ्यु जारी गरेको थियो । यस क्षेत्रको अवस्था नियन्त्रणमा लिन प्रहरीले करिब ५० सेलभन्दा बढी अश्रुग्यास प्रहार गरेको थियो ।

हिंसामा दुई समुदायबीच ६ जना प्रर्दशनकारी र १२ जना प्रहरी घाइते भएका थिए । कर्फ्यु आदेशको अवज्ञा गरेको भन्दै प्रहरीले चलाएको गोली लागेर कृष्णनगरमै चियापसल सञ्चालन गर्दै आएका भारतीय नागरिक सुरजकुमार पाण्डेको मृत्यु भएको थियो ।

यसैबीच दुई पक्षको झडपका कारण भएको तनावले रोकिएका मूर्ति विर्सजन ११ बुँदे सहमति भएसँगै विर्सजन गरिएको छ ।

प्रकाशित : 2 November 2019 2:02 AM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ