छठका लागि सिंगारिएको पोखरी(फोटो फिचर)


बिरगंज, १६ कार्तिक । शुद्धता, सद्भाव र आस्थाको पर्व छठ आज श्रद्धा एवं हर्षोल्लासपूर्वक मनाइँदैछ ।

आराध्यदेव सूर्यको आराधना गरी मनाइने यस पर्व अन्र्तगत व्रतालुले आज बेलुकी कुण्ड, पोखरी र तलाउमा उभीएर दुवै हत्केलामा पिठार र सिन्दूर लगाएर अक्षता, फूल हालेर खेतबारीमा भएका पूजा सामग्री र घरमा बनाइएको विशेष पकवान अस्ताउन लागेको सूर्यलाई अघ्र्य दिई पूजापाठ गर्ने छन् ।

त्यसका लागि तराईका विभिन्न जिल्लाका साथमा काठमाडौं उपत्यकामा रहेका जलाशयहरुमा छठको तयारी गरिएको छ । पोखरी र तालहरुलाई सजाइएको छ । यसैबीच बिरगंजस्थित घडिअर्वा पोखरीमा छठ पर्वको अघिल्लो दिन झिलिमिलिबत्तीले सिंगारिएको छ । यस क्षेत्रमा छठ पर्व भव्यरुपमा सबै समुदाएले मनाउने गरिन्छ ।

प्रकाशित : 2 November 2019 6:27 AM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ