जनकपुरको ऐतिहासिक पोखरीमा माछा मार्ने ५ जना पक्राउ


जनकपुरधाम, १७ कार्तिक । सरसफाईको नाममा प्रतिबन्धित पोखरीमा माछा मार्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । जनकपुरस्थित दीर्घसागर पोखरीमा माछा मारेका जनकपुरधाम उपमहानगरपालिका ७ का कमलेश गोसाई, राहुल सहनी, वीणा मण्डल, राहुल कुमार मण्डल र जनकपुरधाम उपमहानगर ६ का रविकुमार साहलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका पाँचै जनाले मिलेर उक्त ऐतिहासिक पोखरीबाट डेढ क्विनटल माछा मारेका थिए । माछा पनि प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेका पाँचै जनालाई आवश्यक कारबाहीका लागि गुठी संस्थान जनकपुरको जिम्मा लगएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रकाशित : २०७६ कार्तिक १७, आईतवार ११:३३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ