जनप्रतिनिधिलाई नेकपाको निर्देशन, ‘हतकडी लाग्ने काम नगर्नु’


विराटनगर, १७ कार्तिक । संघीय सरकारका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले जनप्रतिनिधिलाई कडा दिर्नेशन दिएको छ । मन्त्रि जनप्रतिनिधिलाई विराटनगरस्थित पार्टी कार्यालयमा बोलाएर आइतबार हातमा हतकडी लाग्ने काम नगर्नु निर्देशन दिएका हुन् ।

कानुनविपरीत काम गर्दा बेरुजु बढेको र भ्रष्टाचारमा मुद्दा लाग्नसक्ने बताउँदै उनले माथिको आदेश र पार्टीको निर्देशनको नाममा कानुनविपरीत काम नगर्न निर्देशन दिए । कार्यक्रममा मन्त्री पण्डितले लामो समयको जनप्रतिनिधिविहीनता र जनताको बढ्दो आकांक्षालाई सम्बोधन गर्ने नाममा कानुन पालनामा उदासीन बन्न नहुने बताए ।

मन्त्री पण्डितले त्यसखालको काम गरेर हातमा हतकडी लाग्नु भन्दा पहिले नै सचेत हुन पनि आग्रह गरे । ‘माथिल्लो तहका मानिसले के भन्छन् पार्टी कमिटीले के भन्छ भन्ने कुरा सुन्नुपर्छ। तर निर्णय गर्दा कानुनअनुसार गर्नुपर्छ’, पण्डितले भने, ‘कानुनबिना पार्टीको वा कसैको आदेश आयो निर्णय र्गयो भन्ने कुराले अप्ठ्यारो पर्छ । कानुन अनुसार काम गर्ने हो भने निर्णय, समन्वय र कार्यान्वयनमा सजिलो हुन्छ।’ कर्मचारीसँग मिलेर अघि बढ्न पनि उनले आग्रह गरे ।

यसैगरी नेकपा मोरङका इन्चार्ज घनेन्द्र बस्नेतले कानुनको कुरा जनप्रतिनिधिले जान्नुपर्ने भन्दै कानुनले मिल्ने नमिल्ने र हातमा हतकडी पर्ने नपर्ने कुरा पनि जनप्रतिनिधिकै हातमा रहेको बताए ।
कतिपय कानुनको कुरा नजान्दा पार्टी कमिटिबाट गलत निर्देशन भयो भन्दैमा निर्णय गर्नु अर्को गल्ती हुने कुरामा ख्याल राख्न उनको सुझाव दिए ।

उनले भने, ‘हेक्का राख्नुहोस् कानुनको कुरा तपाईंहरूले जान्नुपर्छ। कमिटीले जान्दैन । कानुनले मिल्ने नमिल्ने, तपाईंहरूको हातमा हतकडी पर्नेरनपर्ने भन्ने कुरा तपाईंहरूले जान्नुपर्छ ।’ कार्यक्रममा जनप्रतिनिधिले भने समन्वय अभाव भएको, पार्टी एकता ढिलो हुँदा अन्योलता छाएको र नेकपाको सरकार आए पनि भ्रष्टाचार बढेको गुनासो गरे ।

यसैगरी नेकपाले मोरङका ७ वटा निर्वाचन क्षेत्रबाट निर्वाचिन प्रदेश सांसद, मन्त्री, र संघीय सांसद तथा मन्त्रीलाई समेत १५ दिनभित्र आफूले गरेका काम र प्रगति सार्वजनिक गर्न निर्देशन दिएको छ । जनप्रतिनिधि र पार्टीबीच समन्वय नहुँदा भएका विकास र गरेका कामको जानकारी पनि जनताबीच पुग्न नसकेको भन्दै नेकपा मोरङले १० दिनभित्र १७ वटै स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि सम्मिलित स्थानीय दलको समिति गठन गर्न समेत नेकपा मोरङले निर्देशन दिएको छ ।

प्रकाशित : 3 November 2019 5:11 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ