क्रिष्टल प्यालेसलाई हराउँदै लेष्टर सिटी तेस्रो स्थानमा


काठमाडौं,१८ कार्तिक। क्रिष्टल प्यालेसलाई हराउँदै लेष्टर सिटी इङ्गलिस प्रिमियर लिग फुटबलको तेस्रो स्थानमा उक्लिएको छ ।

गएराती क्रिकष्ट प्यालेसको मैदानमा भएको खेलमा पाहुना टोली लेष्टर सिटीले २–० ले विजयी भयो ।खेलमा लेष्टर सिटीलाई विजयी गराउन सेग्लार सोयुन्चु र जेमी भार्डीले एक एक गोल गरे ।

जितसँगै लेष्टर सिटीले ११ खेलबाट २३ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा रहेको चेल्सीलाई उछिनेको छ । दुवै टोलीको समान २३ अंक भएपनि गोल अन्तरको आधारमा लेष्टर तेस्रो तथा चेल्सी चौथो स्थानका रहेका छन् ।

शीर्ष स्थानको लिभरपुलको ३१ अंक छ भने २५ अंकका साथ म्यान्चेस्टर सिटी दोस्रो स्थानमा रहेको छ । प्रिमियर लिग फुटबलकै अर्को खेलमा गएराती एभर्टन र टोटनह्याम हट्सपरले १–१ गोलको बराबरी खेलेका छन् ।

खेलमा टोटनह्यामका डेले अलीले पहिलो गोल गरेपनि एभर्टनका सेन्क टोसुनले इन्जुरी समयमा एक गोल फर्काउँदै खेल बराबरी गरेका हुन् ।

प्रकाशित : २०७६ कार्तिक १८, सोमबार ०१:००

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ