पदमुक्त गरेको निर्णय अप्रत्याशित : कायस्थ


जनकपुरधाम, १८ कार्तिक। सरकारले पदमुक्त गर्न गरेको निर्णय अप्रत्याशित रहेको प्रदेश २ का प्रमुख रत्नेश्वरलाल कायस्थले बताए ।‘संविधानले प्रदेश प्रमुखलाई हटाउने अधिकार राष्ट्रपतिलाई दिएकोछ’उनले भने, तर यस्तो निर्णयको परिकल्पना संविधानले गरेको छैन् ।

सरकारको निर्णयले गलत राजनीतिक पद्धती बस्न सक्ने उनले चिन्ता व्यक्त गरे ।कुनै कारण बेगर सोझै पदमुक्त गर्दा यसले सकारात्मक राजनीतिक अभ्यास भएको सन्देश नदिएको उनले बताए ।

प्रदेश प्रमुख कायस्थ तत्कालिन संघिय समाजवादी फोरमको कोटाबाट मनोनित भएका थिए ।राजपाको कोटामा महन्थ ठाकुरका सम्धी उमाकान्त झा मनोनित भएका थिए ।

प्रमुख कायस्थ शनिवार साँझ गंगा आरतीमा सहभागि भएका थिए ।आइतवार विहान उनी सहिदनगर (यदुकुहा)मा सहिदहरुको प्रतिमामा मल्र्यापन गरेका थिए ।--आजको जनकपुर टुडेमा यो खबर छापिएको छ।

प्रकाशित : २०७६ कार्तिक १८, सोमबार ०२:५५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ