टिकटक बनाउने कम्पनीले ल्यायो यस्तो गजबको स्मार्टफोन !


काठमाडौं, १८ कार्तिक । अहिले टिकटक निकै लोकप्रिय याप बनिसकेको छ । चिनियाँ इन्टरनेट कम्पनी बाइटडान्सले यो याप सार्वजनिक गरेको हो ।

त्यही कम्पनीले नयाँ स्मार्टफोन बजारमा ल्याएको छ । यसलाई स्मार्टिसान ब्रान्ड नाम दिएर बजारमा ल्याइएको हो । स्मार्टफोनको नाम स्मार्टिसान जियांगुओ प्रो ३ राखिएको छ । यसमा क्वालकोम स्न्यापड्रागन ८५५ प्लस प्रोसेसर छ । यसमा १२ जीबीको र्‍यामका साथै २५६जीबीको इन्टरनल स्टोरेज दिइएको छ ।

फोनमा पछिल्तिर चारवटा क्यामरा छन् । सेल्फीका लागि एउटा क्यामरा छ । यसको डिस्प्ले ६।३९ इन्चको फुल एचडी प्लस एमोलेड छ ।

क्यामरा सेटअपको कुरा गर्दा प्राइमरी लेन्स ४८ मेगापिक्सेल छ र यो सोनी आईएमएक्स५८६ सेन्सर हो । अर्को लेन्स १३ मेगापिक्सेलको छ र यो वाइड एंगल हो । तेस्रो लेन्स ८ मेगापिक्सेलको छ र यो टेलिफोटो हो । चौथो लेन्स पाँच मेगापिक्सेलको छ र यो म्याक्रो शट्सका लागि डेडिकेटेड छ ।

यसको मूल्य आरएमबी २८९९ अर्थात् लगभग ४७ हजार रुपैयाँ छ । एजेन्सी

प्रकाशित : २०७६ कार्तिक १८, सोमबार ०८:०४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ