प्रदेश प्रमुखहरुको नाम सिफारिस, प्रदेश २ मा धर्मनाथ यादब पक्का !


काठमाडौं, १८ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी नेकपाले सातवटै प्रदेशका लागि प्रमुखहरुको नाम छानेको छ । सचिवालय बैठकले चयन गरेका नामहरु केहीबेरमा बस्ने मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेर नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्नेछ ।

सिफारिस नाममा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले भने असहमति राखेका छन् । नेकपा महासचिव विष्णु पौडेलले प्रदेश प्रमुखका लागि सातवटा नामहरु सिफारिस गरिएको र कुन प्रदेशका लागि को भन्ने टुंगो मन्त्रिपरिषद्ले लगाउने बताए ।

उनका अनुसार अमिक शेरचन, सोमनाथ अधिकारी प्यासी, तिलक परियार, धर्मनाथ यादव, विष्णु प्रसाईं, गोविन्द कलौनी र शर्मिला त्रिपाठी छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सातै प्रदेशका प्रमुखहरुलाई आइतबार पदमुक्त गरेकी थिइन । – कान्तिपुर

प्रकाशित : २०७६ कार्तिक १८, सोमबार ०८:३९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ