प्रदेश प्रमुख नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस, प्रदेश २ प्रमुखमा परियार


काठमाडौं, १८ कार्तिक । सरकारले सातवटै प्रदेश प्रमुख नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको छ । मन्त्रिपरिषदको सोमबार अपराह्न बसेको बैठकले सात प्रदेशका प्रमुखको नाम सिफारिस गरेको हो ।

बैठकले सोमनाथ अधिकारी प्यासीलाई प्रदेश १ को प्रमुखमा सिफारिस गरेको छ । त्यस्तै प्रदेश २ मा तिलक परियार, प्रदेश ३ मा बिष्णु प्रसाई, प्रदेश गण्डकीमा अमिक शेरचन, प्रदेश ५ मा धर्मनाथ यादव, कर्णालीमा गोविन्द कलौनी र प्रदेश ७ मा शर्मिला त्रिपाठीको नाम सिफारिस भएको एक मन्त्रीले बताए । यसअघि नेकपा सचिवालय बैठकले प्रदेश प्रमुखका लागि यी नाम सिफारिस गरे पनि प्रदेश तोकेको थिएन ।

प्रदेश २ प्रमुख भएका तिलक परियार को हुन् ?

२००७ सालमा रोल्पाको लिवाङमा जन्मिएका परियार २०३३ सालदेखि राजनीतिमा सक्रिय छन् । दलित राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष समेत रहेका परियार पछि मोहन वैद्यसँगै तत्कालीन एकीकृत नेकपा माओवादीबाट अलग्गिएका थिए । रामबहादुर थापा बादल माओवादी केन्द्रमा फर्किंदा परियार पनि सँगै फर्किएका हुन् । २०६४ सालको निर्वाचनमा परियार बाँके १ बाट निर्वाचित भएका थिए ।

प्रकाशित : २०७६ कार्तिक १८, सोमबार ११:२९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ