धनुषामा सडक विषयमा विवाद हुँदा टाउकोमै ‘फर्सा’ प्रहार


जनकपुरधाम, १९ कार्तिक । धनुषामा सडकको विषयमा विवादहुँदा एक जनामाथि धारिलो हतियार फर्सा प्रहार गरी गम्भिर घाइते बनाएको छ ।

सोमबार साँझ सडक विषयमा विवाद भएपछि कमला नगरपालिका ३ लगका शत्रुधन भण्डारी टाउँकोमा धारिलो हतियार प्रहार गरिएको हो । टाउँको काटिएकाले शत्रुधन गम्भिर घाइते भएका छन् । उनलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याएको छ ।

शत्रुधनमाथि स्थानीय राजकुमार भण्डारी र अरुण भण्डारीले धारिलो हतियार प्रहार गरेको ईलाका प्रहरी कार्यालय खजुरीका प्रहरी नीरिक्षक राजन थापाले जानकारी दिए । उनले राजकुमारलाई तत्कालै पक्राउ गरी अनुसन्धान सुरु गरिएको बताए ।

घटनामा संलग्न अरुण पनि विवादमा आफै पनि घाइते भएका छन् । उनी पनि उपचार गराइरहेका कारण तत्काल पक्राउ गरिएको प्रहरी निरीक्षक थापाले बताए ।

प्रकाशित : २०७६ कार्तिक १९, मंगलवार ०३:१८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ