जनकपुर : मुख्यमंत्री कार्यालयमा ताला लगाउन खोज्दा ४३ शिक्षक पक्राउ


सन्तोष यादव/ जनकपुरधाम, १९ कार्तिक । मुख्यमंत्री तथा मंत्रिपरिषदको कार्यालयमा तालाबन्दी गर्न खोज्दा ४३ पुर्व अस्थायी शिक्षक पक्राउ परेका छन् । अस्थायी शिक्षक संघर्ष समितिकि धर्मेन्द्र यादवसहितका ४३ शिक्षक पक्राउ परेका हुन् ।

कर्मचारीलाई समेत कार्यालय प्रवेशमा रोक लगाउन खोज्दा ४३ जना शिक्षकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब निरीक्षक रामेश्वर कार्कीले जानकारी दिए । पक्राउ पर्नेमा १३ महिला अस्थायी शिक्षक रहेको पनि उनले बताए । सेवाबाट हटाउने निर्णय फिर्ताको माग कार्यान्वयनका लागि संघिय सरकारसंग पहल नगरेको भन्दै उनीहरु मुख्यमंत्री कार्यालयमा ताला लगाउने प्रयास गरेका थिए ।

पक्राउ गरेपछि शिक्षकहरु प्रहरी प्रशासन विरूद्ध नाराबाजी गरेका छन् । उनीहरु मुख्यमंत्री तथा मंत्रिपरिषद कार्यालय अगाडी धर्ना समेत बसेका छन् । सरकारले षड्यन्त्र पूर्वक शिक्षक सेवा आयोग दिन लगाएर अयोग्य बनाएको आरोप अस्थायी शिक्षकहरुको छ ।

विगतका सम्झौताहरुलाई लत्याएर नयाँ विधेयक लागु गरेको पनि आन्दोलनरत्त शिक्षकहरू बताउँछन् । उनीहरु असार २० गतेदेखि साउन २० गतेसम्म मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय अगाडी धर्ना बसेका थिए । साथै हिजो सोमबार उनीहरु एक घण्टा सडक अबरुद्ध पारेको थियो ।

– थाहाखबर

प्रकाशित : २०७६ कार्तिक १९, मंगलवार ०७:०३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ