भारतको नयाँ नक्सामा नेपाली भुमी ! राप्रपाले जनाए आपत्ति


काठमाडौं, १९ कार्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नेपाली भू–भाग भारतको नक्सामा पारेको विरोध जनाएको छ ।

राप्रपाले मंगलबार विज्ञप्ति जारी गर्दै नयाँ नक्सामा कालापानी र लिपुलेक भारतमा पारिएकोमा आपत्ति जनाएको हो । भारत सरकारले शनिबार जम्मू कश्मीर र लद्दाख केन्द्र शासित प्रदेश बनेपछि पहिलो पटक नयाँ नक्सा जारी गर्दै कालापानी र लिपुलेक आफ्नै भू–भागमा गाभेको छ ।

प्रचार विभाग प्रमुख मोहन श्रेष्ठद्वारा जारी विज्ञप्तिमा कुटनीतिक ढङ्गबाट तत्काल सशक्त प्रतिवाद गर्न अनुरोध गरिएको छ ।

प्रकाशित : २०७६ कार्तिक १९, मंगलवार ०८:५५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ