सप्तरीको तिलाठी कोइलाठी गाउँपालिकामा बेतिथि बढेपछि…


राजविराज, २० कार्तिक । सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिकाका अध्यक्षले बेतिथि बढाएको भन्दै उपाध्यक्षसहितका जनप्रतिनिधी र राजनीतिक दलका प्रतिनिधीहरुले उक्त बेतिथी रोक्न माग गरेका छन् ।

गाउँपालिकामा भ्रष्टाचारसहित व्याप्क बेतिथि बढेको भन्दै छानबिन समिति गठन गरी बेतिथि रोक्न उनीहरुले मंगलबार सदरमुकाम राजविराजमा पत्रकार सम्मेलन गरी माग गरेका छन् । गाउँपालिका प्रमुख सतिशकुमार सिंह र तत्कालिन प्रशासकिय प्रमुख राजुकुमार झाले आर्थिक प्रलोभनमा परी कानुन विपरीत चार करोड एकसठी लाख रकम भुक्तानी गरेको र सो फाइल अख्तियारको नियन्त्रणमा रहेको विज्ञप्तीमा उल्लेख भएको छ ।

अध्यक्ष सिंहले प्रकृया विपरित आफ्नो नातेदारलाई दैनिक ज्यालादारीमा प्राविधिक र इन्जिनियर कोटामा नियुक्त गरी योजना मूल्याङकन गराएको पत्रकार सम्मेलनमा बितरित विज्ञप्तीमा उल्ल्ेख गरिएको छ । गाउँपालिकामा तत्कालिन प्रशासकीय प्रमुख र अध्यक्ष मिलेर गरेको भ्रष्टाचार बारे अख्तियारलाई जानकारी गराउँदा वर्तमान प्रशासकीय अधिकृत राजीव झाको सरुवा गराउन लागेको जनाइएको छ ।

गाउँपालिका उपाध्यक्ष सुचिता कुमारी यादव, नेपाली काँग्रेसका नेता अरुणकुमार मण्डल, बालेश्वर झा, निशान्त कुमार सिंह, गाउँपालिकाको वडा नम्बर १ का अध्यक्ष दिनेशवर मिश्र लगायतको लिखित हस्ताक्षर भएको विज्ञप्तीमा पालिकाको बेतिथिप्रति अख्तियारलाई पुनः ध्यानाकर्षण गराइएको छ । प्रदेश स्तरीय छानबिन समिति गठन गरी पालिकामा भइरहेको बेतिथि रोक्न माग गर्दै बिज्ञप्तीमा माग पुरा नभए कडा आन्दोलन गर्ने चेतावनी समेत दिएको छ ।

प्रकाशित : 6 November 2019 3:25 AM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ