सिरहामा बञ्चरो प्रहार गरी श्रीमतीको हत्या


सिरहा, २० कार्तिक । सिरहाको कर्जन्हा नगरपालिकामा एक व्यक्तिले आफ्नै श्रीमतीमाथि बञ्चरो प्रहार गरी हत्या गरेको छ ।

कर्जन्हा नगरपालिका २ का रामबाबु पासमानले श्रीमती कबिता पासमानको हत्या गरेका हुन् । पासवानले श्रीमती कबिताको टाउकोमै बञ्चरो प्रहार गर्दा उनको मृत्यू भएको प्रहरीले जनाएको छ ।

घरमा खाना खाइरहेकै समयमा घरायसी विषयमा विवाद हुँदा पासवानले श्रीमतीमाथि बञ्चरो प्रहार गरेका थिए । बञ्चरो प्रहार पश्चात अत्यधिक रगत बगेका कारण अवस्था गम्भिर बनेको कविताको उपचारका लागि फुल कुमारी महतो मेमोरियल अस्पताल कर्जन्हा लग्दै गर्दा बाटोमै मृत्यू भएको स्थानीयले जनाएको छ ।

पासवान घटनापछि फरार भएका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाए ।

प्रकाशित : २०७६ कार्तिक २०, बुधबार ११:५८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ