हत्या आरोपी साँसद आलमसँग अदालतमा ३१ प्रश्न गर्दा…


रौतहट, २० कार्तिक । विस्फोटमा घाइते भएकालाई जिउँदै इँटाभट्टामा हालेर मारेको अभियोग लागेका सांसद मोहम्मद अफताब आलमसँग रौतहट जिल्ला अदालतले बयान लिइरहेको छ । मंगलबार अपरान्हबाट सुरु भएको बयान दोस्रो दिन पनि नसकिएको जनाइएको छ ।

अदालत स्रोतका अनुसार अदालतले आलमसँग ३१ प्रश्न सोधेर जवाफ लिइसकेको छ । ‘बाँकी थप केही प्रश्नको जवाफ बिहीबार लिइने छ । त्यसपछि थुनछेक बहस सुरु हुने छ’, अदालत स्रोतले भन्यो ।

२०६४ सालको पहिलो संविधान सभा निर्वाचनको अघिल्लो दिन आलमले बम बनाइरहँदा भएको विस्फोटमा घाइते भएकालाई नजिकैको इटाभट्टामा जिउँदै जलाएर मारेको अभियोग छ ।

रौतहट प्रहरीले घटनाको १२ वर्षपछि आलमलाई केही साता अघि पक्राउ गरेको थियो । जिल्ला सरकारी वकिल कार्यालयले आलमसहित ११ जनाविरुद्ध अभियोग पत्र दर्ता गरेको छ । हालसम्म आलम मात्र पक्राउ परेका छन् ।

मतदातालाई तर्साउने उदेश्यले आलमकै योजनामा बम बनाउने काम भएको अनुसन्धानबाट खुलेको छ। त्यस निर्वाचनमा आलम निर्वाचित भएका थिए । कति जनालाई त्यसरी मारिएको थियो भन्ने तथ्यांक यकिन छैन । तर सोही ठाउँबाट हराएका दुई युवाका आफन्तले आलमसहितविरुद्ध किटानी जाहेरी दिएका थिए ।

प्रकाशित : 6 November 2019 1:28 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ