विरगञ्जमा देखिएको विराजको क्रेज


वीरगञ्ज,२१ कार्तिक। ‘तराई पहाड हिमालको उत्सव’ नाराका साथ वीरगञ्जमा शुरु भएको ३ दिवसीय ‘नेपाली चलचित्र स्वर्णिम महोत्सव २०७६’ मा पुगेका अभिनेता विराज भट्टलाई फ्यानले घेरेका छन् । भोजपुरी चलचित्रमा समेत अभिनय गरेका विराजको वीरगञ्जमा क्रेज देखिएको हो ।

चलचित्रमार्फत हिमाल, तराई र पहाड जोड्न सहयोग पुग्ने उद्देश्यले वीरगञ्जमा आयोजना गरिएको महोस्वमा आएका विराजलाई फ्यानले घेरेका हुन् । उनीसँग सेल्फी लिने र अटोग्राफ लिनेको भीड थियो ।

विराजले पनि फ्यानसँग खुशी बाँडे । चर्चित अभिनेताहरूलाई आफ्नै ठाउँमा भेट्न पाउँदा फ्यानहरु पनि खुशी देखिन्थे । स्कूले विद्यार्थीले पनि भट्टलाई भेटेर खुशी शेयर गरेका थिए ।

विराज भट्टको निर्देशनमा तयार भएको फिल्म ‘साङ्लो’ रिलिज हुँदैछ । फिल्ममा विराज र निकिता चण्डकको जोडी देख्न सकिनेछ ।

प्रकाशित : २०७६ कार्तिक २१, बिहीबार १२:२२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ