राजपाद्वारा पिपरा गाउँपालिका अध्यक्षको उम्मेदवार छान्न कार्यदल गठन


महोत्तरी, २१ कार्तिक। राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले महोत्तरीको पिपरा गाउँपालिकाको रिक्त अध्यक्ष पदका लागि आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा उम्मेदवार छान्न कार्यदल गठन गरेको छ ।

यसअघि पिपरा गाउँपालिकाको अध्यक्षमा बिनोद चौधरी निर्वाचित भएका थिए । उनको निधन भएपछि यहाँ उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनका लागि राजपाले अध्यक्ष पदमा सबैसँग समन्वय गरी एउटा साझा उम्मेदवार तय गर्ने भएको छ ।

‘गाउँपलिका अध्यक्षको उम्मेदवार सन्दर्भमा पार्टीको तर्फबाट कतिपय उम्मेदवारहरु आकांक्षी रहेकाले समन्वय गरी एउटा साझा उम्मेदवार तय गर्न पहल गरिनेछ’ राजपा संयोजक महन्थ ठाकुरद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ ।

यसका निम्ति कार्यदल गठन गरिएको छ । कार्यदलमा वरिष्ठ नेता रामनरेश राय, वरिष्ठ उपाध्यक्ष बृषेशचन्द्र लाल, उपाध्यक्ष जैनुल राइन र महासचिवद्वय सुरिता साह र सुनिल रोहित छन् ।

पिपराबाट प्राप्त अन्तिम सुझावसहितको प्रतिवेदन कात्तिक २५ गतेसम्म पार्टीलाई उपलब्ध गराउन कार्यदललाई भनिएको छ । स्थानीय तहको उपनिर्वाचनका निम्ति कात्तिक २७ गते उम्मेदवारी दर्ताको मिति तय गरिएको छ ।साभारःअनलाइन खबर

प्रकाशित : २०७६ कार्तिक २१, बिहीबार १४:४०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ