जनताको समस्यामा साँसद अरगरियाको साथ, सोनापारामा गरे सोनासतीदेवी मन्दिरको शिलान्यास


सिबेन्द्र रोहिता/ जनकपुरधाम, २२ कार्तिक । धनुषा क्षेत्र नम्बर २ का सांसद उमाशंकर अरगरियाले आफ्नो क्षेत्रको कमला नगरपालिका ८ सोनापारामा सोनासतीदेवी मन्दिरको शिलान्यास गरेका छन् ।

समाजवादी पार्टीका प्रमुख सचेतक समेत रहेका साँसद अरगरियाले विहिवार उक्त मन्दिरको शिलान्यस गरेका हुन् । संसदीय विकास कोषको रकमले मन्दिरमा लाग्ने सबै खर्च व्यहोर्ने साँसद अरगरियाले बताए ।

जनताको आग्रह अनुसार उनले मन्दिर बनाउन लागेका हुन् । विगत दुई सातादेखि साँसद अरगरिया आफ्नो क्षेत्रमा दर्जनौं योजनाको शिलान्यस गरेका छन् । अन्य क्षेत्रका जनताले साँसदमा निर्वाचित गराएपछि नेताहरु नआउने गुनासो गरिरहेका बेला साँसद अरगरियाले अत्यधिक समय आफ्नो क्षेत्रमा विताउने गर्छन् ।

जनतासँग प्रत्यक्ष साक्षात्कार गरी आवश्यक योजनाहरुको शिलान्यास गर्ने कार्यलाई साँसद अरगरियाले निरन्तरता दिएका छन् । उनको कार्यले यस क्षेत्रका जनता उत्साहित छन् । जनताको पीडा बुझ्ने र समस्या समाधान गर्न साँसद अरगरिया दिनरात खट्ने गरेको स्थानीय बताउँछन् ।

प्रकाशित : २०७६ कार्तिक २२, शुक्रबार ०८:३६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ