हस्तक्षेप विरुद्ध सर्लाहीमा पनि ‘गो ब्याक इण्डिया’को नारा


सर्लाही, २२ कार्तिक । भारत सरकारले आफ्नो नक्सामा नेपालको भूभाग पनि राखेको भन्दै सर्लाहीमा पनि विरोध प्रदर्शन भएको छ ।

नेपाली काँग्रेसका भातृ संगठन नेपाल विद्यार्थी संघ जनज्योति बहुमुखी क्याम्पस र नेपाल विद्यार्थी संघ सर्लाहीको संयुक्त आयोजनामा भारत विरुद्ध लालबन्दीमा प्रदर्शन गरेका हो ।

प्रदर्शनमा उत्रेकाहरुले ‘गोे ब्याक इण्डिया’, ‘लिपुलेक, कालापानी र लिम्पियाधुरा हाम्रो हो’ नारा लगाएका छन् । उनीहरु कालो ब्यानरसहित लालबन्दी बजारमा परिक्रमा समेत गरे । प्रदर्शनपछि गरिएको कोण सभामा विद्यार्थी नेताहरुले भारतको ज्यादती र थिचोमिचो सहेर नबस्ने चेतावनी दिएका छन् ।

विरोधमा उत्रिएका विद्यार्थीहरुले नेपालको पश्चिम नेपालको लिपुलेक, कालापानी, लिम्पियाधुरालगायतको अतिक्रमित क्षेत्र फिर्ता गर्न माग गरेका छन् ।

प्रकाशित : २०७६ कार्तिक २२, शुक्रबार ०८:४६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ