पर्सामा तीन हुण्डी कारोबारी १८ लाख रुपैयाँसहित पक्राउ


वीरगन्ज, २२ कार्तिक । हुण्डी कारोबारमा संलग्न तीन जनालाई पर्सा प्रहरीले १८ लाख रुपैयासहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतीय नागरिक सुधीरकुमार, सहिद आलम र बिक्कीकुमार रहेका छन् । उनीहरुले शुक्रबार विहान साढे १० बजे वीरगञ्ज महानगरपालिका १६ रजतजयन्ती चोकबाट पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ ।

तीन वटा भारतीय मोटरसाइकलमा नेपाल आउँदै गरेका उनीहरुलाई चेकजाँच गर्दा स्रोत नखुलेको १८ लाख बरामद भएपछि नियन्त्रणमा लिएको प्रहरीको भनाई छ ।

प्रकाशित : २०७६ कार्तिक २२, शुक्रबार ०९:०९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ