धनुषामा चितुवाको छालासहित तीन जना पक्राउ


जनकपुरधाम, २३ कार्तिक । धनुषामा चितुवाको छालासहित तीन जना पक्राउ परेका छन् । जिल्लाको धनौजी गाउँपालिका २ गोरदाहाबाट सशस्त्र प्रहरीको टोलीले शुक्रबार साँझ नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरुमा क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर बस्ने २८ बर्षीय सुनिल ढुँगेल, सोही ठाउँका ३९ बर्षीय शिबकुमार महतो र धनौजी गाउँपलिका ४ बस्ने ३६ बर्षीय जयराम मण्डल छन् । सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गण धनुषाबाट खटिएको टोलीले उनीहरुलाई एक थान चितुवाको छालासहित पक्राउ गरेको हो ।

प्रदेश नं.२–०२–००१ प ६०२८ नम्बरको मोटरसाइकलमा महेन्द्रनगरबाट भारततर्फ जाने क्रममा उनीहरुलाई पक्राउ गरिएको सशस्त्र प्रहरी उपरीक्षक राजेश उप्रेतिले जानकारी दिए । उनीहरुको साथबाट रु १३ हजार ३ सय ५५ नगद, सबारी चालक अनुमति पत्र, सुनजस्तो देखिने धातु औंठी एक थान, मोवाइलसहितका सामान बरामद भएको उप्रेतिले बताए ।

तीनै जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७६ कार्तिक २३, शनिबार ०१:०२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ