जनकपुरमा साहित्य महोत्सव सुरु, कहाँ कहाँ हुँदैछ कार्यक्रम ?


जनकपुरधाम, २३ कात्तिक । नेपाल साहित्य महोत्सवको जनकपुरधाम संस्करण शुक्रबारबाट प्रारम्भ भएको छ ।

तीन दिवसीय महोत्सवको पूर्व राष्ट्रपति डा. रामवरण यादवले उद्घाटन गरेका छन् । जानकी मन्दिरको विवाह मण्डप प्राङ्णमा वृक्षारोपण गर्दै पूर्व राष्ट्रपति यादवले महोत्सवको औपचारिक रुपमा उद्घाटन गरेका हुन् ।

यादवले महोत्सवको उद्घाटन गरेपनि कुनै मन्तव्य व्यक्त गरेनन् । महोत्सवको पहिलो दिन दुई वटा सत्र आयोजना गरिएको छ । पहिलो सत्रमा सिमाञ्चल साहित्यमाथि राजनीतिज्ञ एवं साहित्यकार हरि शर्माले चर्चा गरेका छन् । दोस्रो सत्रमा सांगितिक कार्यक्रमको आयोजना गरिएको छ ।

साहित्य, कला र पुस्तक व्यवसायलाई प्रवद्र्धन गर्नका लागि बुकवर्म फाउण्डेशनको आयोजनामा तीन दिवसीय महोत्सव भइरहेको छ । कार्तिक २४ गतेसम्म चल्ने महोत्सवका सत्रहरु जनकपुरधामको ६ वटा अलग अलग पर्यटकीय एवं ऐतिहासिक स्थानमा आयोजना गरिनेछ ।

जानकी मन्दिर, मन्दिर परिसरसंगै रहेको विवाहमण्डपमा शनिबार चुरेको चिन्ता, मधेशको हिमाल, देश, प्रदेश वा परदेश र मधेशको भोजन गरी चार वटा सत्र हुने आयोजक संस्थाले जनाएको छ ।

चुरेको चिन्ता बिषयक बहसमा पूर्व राष्ट्रपति यादव र पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल बक्ता हुनेछन् । मधेशको हिमाल सत्रका प्रमुख बक्तामा कनकमणी दिक्षित, विराजभक्त श्रेष्ठ र डा. रामदयाल राकेश तथा देश प्रदेश वा परदेश सत्रको प्रमुख बक्ता प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत रहनेछन् ।

रेल्वे स्टेशन, गोपाल धर्मशाला, गंगासागर पोखरी लगायतका स्थलहरुमा कार्यक्रम आयोजना गरिने फाउण्डेसनका संयोजक अजित बरालले बताए ।

प्रकाशित : २०७६ कार्तिक २३, शनिबार ०१:०७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ