अबदेखि कैदीले जेलमै श्रीमतीसँग सुत्न पाउने


काठमाडौं, २३ कार्तिक । अब पति वा पत्नीले जेलभित्रै यौनसुख पाउने भएका छन् । सन्तान सुखबाट समेत कारागारमा रहेकाहरुले वञ्चित हुनुनपर्ने नयाँ व्यवस्था लागू हुन लागेको हो ।

बाहिर रहेकी पत्नी जेलमा गएर पत्नीसँग बस्न पाउने, बाहिर रहेका पतिलाई कैदी पत्नीलाई भेट्न नछेकिने र कारागार परिसरभित्रै उनिहरुले यौनसम्पर्क राख्न पाउने गरी सरकारले नयाँ कारागार ऐन संशोधन विधेयक तयार पारेको छ ।

संसदको आउँदो हिउँदे अधिवेशनमा ‘कारागार ऐन २०१९ संशोधन र एकिकरण गर्न बनेको ऐन’ पेस गरिँदै छ । यस्तो व्यवस्था लागू भएमा गर्भवती महिला कैदीले ६० दिनसम्म बिदा मनाउन पाउने कान्तिपुर दैनिकमा समाचार छ ।

प्रकाशित : २०७६ कार्तिक २३, शनिबार ०१:३५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ