जनकपुर : करोडौंको जग्गा कब्जाको प्रयास, पीडित न्यायका लागि भौतारिदै


जनकपुरधाम, २३ कार्तिक । जनकपुरधाम उपमहानगरपालिका ५ का प्रेमबाबु प्रसादले आफ्नो करोडौंको जग्गा नुनिया कुटीले जर्वजस्ती कब्जा गर्न लागेको गुनासो गरेका छन् । जनकपुरमा शुक्रवार पत्रकार सम्मेलन गरी उनले जग्गा कब्जा गर्न लागेको भन्दै न्यायका लागि सम्बन्धित निकायलाई गुहारेका हुन् ।

जनकपुर उपमहानगरपालिका ४ महाविर चौकमा किशोरीदेवी पौडेलको नाममा १ कट्ठा ११ धुर जग्गा रहेको छ । उक्त जग्गामा नुनिया कुटीले दावी गरेपछि जिल्ला अदालत धनुषामा मुद्दा दायर गरियो । जिल्ला अदालतले उक्त जग्गा कुटीको हुने फैसला सुनायो । तर पछि पुनरावेदन अदालत र सर्वोच्च अदालतले जिल्ला अदालतको फैसला उल्टाएर किशोरीदेवी पौडेलको कायम गरियो ।

हाल किशोरीदेवीको निधन भइसकेको छ । निधन हुनुभन्दा अगाडी किशोरीदेवीले उक्त जग्गा छोरा सन्तकुमार पौडेलको नाममा वारिसनामा गरिदिएकी थिइन् । अहिले सन्तकुमारले प्रेमबाबुको हातबाट जग्गा बेचेका छन् । तर जग्गा नुनिया कुटीले कब्जा गर्न खोज्दा अन्यायमा परेको प्रेमबाबुको गुनासो छ ।

पत्रकार सम्मेलनमा पीडित प्रेमबाबुले कुटीले पटक पटक जर्वजस्ती आफ्नो जग्गा घेर्न खोजेको बताए । कुटीका अध्यक्ष पक्षधरले जग्गा कब्जाको प्रयास गर्दा प्रशासनले नियन्त्रणमा समेत लिदाँ आइन्दा केहि नगर्ने भनेर रिहा भएको तर अहिले फेरी कब्जाको प्रयास जारी राखेको उनको भनाई छ ।

जग्गा आफुले किनेको भन्दै पीडित प्रेमबाबुले सबप्रमान पत्रकार सम्मेलनमा देखाए । उनले फिल्डबुक, अदालतको फैसला र वारिसनामा समेत देखाउँदै न्यायका लागि आवाज उठाइदिन आग्रह समेत गरे ।

प्रकाशित : २०७६ कार्तिक २३, शनिबार ०२:३३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ