जनकपुरमा मोहम्मद पैगम्बरको जन्मदिनको अवसरमा विशाल शक्ति प्रदर्शन !


जनकपुरधाम, २४ कार्तिक । प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा मुस्लिम समुदायहरुले आज धर्म प्रवर्तक मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्मजयन्तीका अवसरमा शक्ति प्रदर्शन गरेको छ । विभिन्न गाउँबाट आएका मुस्लिम समुदायहरुले हिन्दुहरुको ऐतिहासिक धरोहर रंगभुमि मैदानबाट जुलुस निकालेको हो । जुलुसमा हजारौं मुस्लिम समुदायको सहभागीता रहेको थियो । उक्त जुलुसमा प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादब र जनकपुरधामका मेयर लालकिशोर साह समेत सहभागी जनाएका थिए । प्रदेश २ सरकारले मो. पैगम्बरको जन्म दिनको अवसरमा आज सार्वजनिक विदा समेत दिएको छ ।

हेरौं शक्ति प्रदर्शनका केहि दृष्य :-

प्रकाशित : २०७६ कार्तिक २४, आईतवार ०९:००

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ