मन्त्रिमण्डल हेरफेरको तयारी, मातृकाको स्थानमा प्रभुको संभावना !


काठमाडौं, २५ कार्तिक । मन्त्रिपरिषदमा केहि मन्त्री हटाइने र केहि नयाँ थप्न प्रधानमन्त्री केपी शर्मा ओलीले तयारी गरेका छन् । प्रधानमन्त्री ओलीले वालुवाटारस्थित सरकारी निवासमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अर्का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’सित आइतवार अपरान्ह छलफल गरेका छन् ।

करिब दुई घण्टा भएको छलफलमा केहि मन्त्रीलाई हटाएर नयाँ ल्याउने सहमति भएको उच्च स्रोतले जनाए ।स्रोतका अनुसार उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री मातृका यादवलाई हटाएर प्रभु साहलाई मन्त्री बनाइने संभावना छ ।

सबै सल्लाहकार र पीएसित राजिनामा लिएका प्रधानमन्त्री ओलीले मंसिर १ गतेदेखि उनीहरुको राजिनामा स्वीकृत गर्ने बताइएको छ । प्रतिनिधि सभाकी उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई महिला बालबालिका मन्त्री बनाइने छ ।दुई अध्यक्ष बीच भएको लामो छलफलमा मन्त्री बन्ने पात्रहरुको विषयमा पनि छलफल भएको स्रोतले बताए ।

ओली र प्रचण्डबीच सहमति भएपछि सोमवार विहान सचिवालय बैठक बोलाइएको छ ।नेताहरुबीच भएको सहमति अनुसारकै निर्णय सचिवालय बैठकबाट गराइने बताइएको छ ।

नियमित स्वास्थ्य उपचारमा रहेका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा केहि सुधार भएको बताइएको छ ।स्वास्थ्यमा सुधार भएपछि ओलीले नयाँ ढंगले काम अगाडि बढाउने बताउँदै मन्त्रिपरिषद पूनर्गठनको तयारी गरेका हुन् ।

प्रधानमन्त्री ओलीले काँग्रेस सरकारले नियुक्त गरेका सातै जना प्रदेश प्रमुखलाई हटाएर आफ्ना अनुकुल प्रदेश प्रमुखहरुलाई नियुक्त गरेदेखि उनी अक्रामक रुपमा अगाडि बढन चाहेको संकेत गरेका हुन् ।

प्रकाशित : 11 November 2019 1:59 AM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ