फरवार्ड रहिमलाई लाग्यो प्रतिवन्ध


काठमाडौं, २६ कार्तिक। इङ्ल्याण्ड फरवार्ड रहिम स्टर्लिङले युरो छनोटको खेल खेल्न नपाउने भएका छन् । इङल्याण्डले आगामी बिहिबार युरो छनोट अन्तर्गत घरेलु मैदान वेम्वलीमा मोन्टेनेग्रोविरुद्वको खेलमा रहिम स्टर्लिङलाई समावेस नगराउने निर्णय गरेको प्रशिक्षक ग्यारेथ साउथगेटले बताए ।

इङल्याण्डको फुटबल संघले प्रिमियर लिग फुटबलमा लिभरपुलका जोए गोमजसँग स्टर्लिङले गरेको व्यवहारलाई लिएर उनलाई टिममा सहभागी नगराएको जनाएको छ ।२४ वर्षका म्यान्चेष्टर सिटीका खेलाडी स्टर्लिङले एनफिल्ड मैदानमा लिभरपुल तथा इङ्ल्याण्डका डिफेन्डर जोए गोमेजसँग विवाद गरेका थिए ।

उक्त खेलमा एनफिल्ड क्लब लिभरपुलले ३–१ को जित हासिल गरेको थियो । बिहिबार हुने खेलमा जित हासिल गरेमा इङ्ल्याण्ड युरो कपमा छनोट हुनेछ । युरो छनोट अन्तर्गत समूह ‘ए’मा इङ्ल्याण्ड शीर्ष स्थानमा छ । उसले दोस्रो स्थानको चेक रिपब्लिकसँग तीन अंकको अग्रता लिएको छ ।

इङ्ल्याण्डले युरो छनोटको अन्तिम खेल नोभेम्बर १७ मा कोसोभोविरुद्व खेल्नेछ ।(एजेन्सी)

प्रकाशित : २०७६ कार्तिक २६, मंगलवार ०४:२८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ