धनुषाको ज्वेलर्सबाट १२ लाखको सुनचाँदी चोरी


जनकपुरधाम, २६ कार्तिक । धनुषाको कमला नगरपालिका ४ सघारा चोकमा रहेको ॐ ज्वेलर्समा चोरी भएको छ ।

ज्वेलर्सका प्रोपराइटर कमला नगरपालिका २ का सुखराम साहले १२ लाखको सुनचाँदी चोरी भएको बताए । उनका अनुसार गएराति सटर फोडेर ज्वेलर्सबाट सुनचाँदीका सबै गरगहना चोरी भएको हो ।

घरबाट करिब ११ बजे पसल पुगेपछि चोरी भएको थाहा पाएको थियो । राति पुर्णिमा मेलाको सो चैकमा भिडभाड रहेकै मौकामा चोरले सुनचाँदी चोरी गरेर लगेको छ ।

प्रकाशित : 12 November 2019 10:23 AM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ