दिल्ली पब्लिक स्कूलमा बम विस्फोट गराउने तीन पक्राउ


सुनसरी, २८ कार्तिक । विद्यालयको प्रवेशद्वारमा बम विस्फोट गराएको आरोपमा तीन जना पक्राउ परेका छन् । धरान–१८ स्थित दिल्ली पब्लिक स्कुलको प्रवेशद्वारमा गत भदौ २० को राति भएको बम विस्फोटको घटनामा संलग्नताको आरोपित मोहन बस्नेत, सागर राई र सुरेशकुमार राई पक्राउ परेका हुन् ।

नेत्रविक्रम चन्द समूहको बस्नेत सुनसरी सेक्रेटरी, सागर युवा संगठन सुनसरी संयोजक र सुरेश जिल्ला सदस्य रहेको खुलेको छ । उनीहरू फरार रहेका थिए । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको चिकित्सक आवासीय क्षेत्रभित्र रहेको उक्त स्कुलको गेटमा विस्फोटको घटना भएपछि प्रहरीले तीनै जनाको खोजी गरिरहेको थियो ।

दुहबी–८ का बस्नेतलाई इटहरीबाट, भोजपुर ट्याम्के मैयुम २ घर भई हाल धरान–११ बस्दै आएका सागर र धरान–११ बस्ने सुरेशलाई सुनसरीको रामधुनी ६ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । बम विस्फोट मुद्दामा तीनै जनालाई जिल्ला अदालतबाट बुधबार म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले बताए ।

प्रकाशित : २०७६ कार्तिक २८, बिहीबार ००:२३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ