मेयर बरबरियाको बदमासी : मन्त्री र सिडिओलाई पानी खुवाउन एम्बुलेन्सको दुरुपयोग


जनकपुरधाम, २८ कार्तिक । धनुषाको शहिदनगर नगरपालिकाका मेयर उदय बरबरियाले एम्बुलेन्सको चरम दुरुपयोग गरिरहेको पाइएको छ । उनले एम्बुलेन्समा पानी ढुवानी गरिहेको तस्विर सार्वजनिक भएको हो ।

बिरामी बोक्ने एम्बुलेन्समा पानी ढुवानी गरिरहेको तस्विर फेसबुकमा सार्वजनिक भएपछि मेयर बरबरियाको चर्को आलोचना भइरहेको छ । कार्तिक पुर्णिमाका दिन कमला बचाउ अभियानका नाममा गरेको कार्यक्रमका सहभागीलाई खुवाउन मेयर बरबरियाले पानीको कार्टुन ढुवानी एम्बुलेन्समा गरेको बताइन्छ ।

अचम्म त के भने जुन कार्यक्रमका लागि एम्बुलेन्सको दुरुपयोग गरियो, त्यहाँ प्रदेश २ का प्रमुख तिलक परियार, धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेल, प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादब र अन्य सरकारी अधिकारीको पनि उपस्थिति थियो । तर एम्बुलेन्सको दुरुपयोग विषयमा कोही बोलेनन्– स्थानीय एक युवकले भने ।

स्रोतका अनुसार एम्बुलेन्सलाई मेयर बरबरियाले आफ्नो निजी कामका लागि प्रयोग गर्दै आएको छ । गाउँमा कोही विरामी पर्दा एम्बुलेन्सका लागि सर्वसधारणले फोन गर्दा कुनै बेला लाग्दैन त कुनै बेला लागेपनि उठ्दैन ।

https://m.facebook.com/story.php?story_fbid=143336917072276&id=100041879042158

प्रकाशित : २०७६ कार्तिक २८, बिहीबार ०२:३४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ