स्वास्थ्यमन्त्री उपेन्द्र यादव पुत्रको विदेशमा यस्तो छ चर्तिकला


काठमाडौं, २८ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओली सरकारले विदेश भ्रमणको नीतिलाई कम गर्ने बताएपनि अनावश्यक रुपमा विदेश जानेको लर्को घटेको छैन । कुनै कार्यक्रममा आयोजकले सम्बन्धित व्यक्तिलाई मात्र बोलाएको हुन्छ तर त्यस कार्यक्रममा मन्त्रीका आफन्त जान पाएनन् भने उधुम नै मच्चाउँछन् ।

हालै मात्र लैंगीक समानता तथा महिला सशक्तीकरण सम्बन्धी केन्याको नैरोबीमा नोभेम्बर १२ देखि १४ तारिखसम्म हुने इन्टरनेशनल कन्फ्रेन्स अन पपुलेसन एण्ड डेभलपेमन्ट (आईसीपीडी–२५) मा भाग लिनका लागि स्वास्थ्य मन्त्रालयका सचिव खगराज बराल र सहसचिव डा. विकास देवकोटालाई मात्र बोलाईएको थियो तर त्यसमा उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवका छोरा दिपेश यादव, सल्लाहकार केके राई, नीजि सचिव भवनाथ खतिवडा रहेका छन् । खतिवडा मन्त्रालयको स्वास्थ्य समन्वय महाशाखाका उपसचिव समेत रहेका छन् । उनीहरु मन्त्रालयको पैसामा नैराबीमा गएर मस्ती गर्दैछन् ।

दिपक बोहोरा मन्त्री हुँदा उनको स्वकीय सचिव रहेका खतिवडामाथि मन्त्रालयमा मन्त्री यादवको विचौलियाका रुपमा काम गर्ने आरोप छ । उनले कुनै भ्रमण पनि सकभर छुटाउदैनन् । यसरी मन्त्रालयको पैसामा मस्ती गर्न पल्केका खतिवडाले मन्त्रालयमा सचिव बनाउन पनि ठूलै चलखेल गरेको मन्त्रालय परिसरमा चर्चा चल्ने गरेको छ ।

कुनै निम्तो बेगर नै उनीहरु मन्त्रालयको पैसा सकाउदै विदेश जाने गरेका छन् । यसरी जनताले तिरेको करको पैसा मन्त्रीका छोरा र सल्लाहकारले विदेश घुम्न दुरुपयोग गरेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ध्यान जानुपर्ने स्वास्थ्य मन्त्रालयकै कर्मचारी बताउँछन् ।

  • साभार : द नेपाल टप
प्रकाशित : 14 November 2019 8:55 AM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ