जेलमा रहेका श्याम परदेशीले बदला लिने भन्दै धम्क्याउँदै


काठमाडौं, २९ कार्तिक । किर्ते तमसुक गराई २ सय ९९ विपन्न परिवारलाई ठगी गर्ने सर्लाही मलंगवाका श्यामकृष्ण साह कलवार (श्याम परेदशी) जिल्ला अदालतको आदेशमा हाल पुर्पक्षका लागि गौर कारागारमा थुनामा छन् ।

परदेशीले उच्च अदालतमा पुनरावेदन गरेका छन् । कुनै तानाबाना बुनेर परदेशी फर्किए आफ्ना दुःख पनि फर्किएलान् भनेर गाउँले त्रसित छन् । ‘दुलोमा पसेको सर्प निस्कियो भने के हुन्छ,’ लालन्दबी नगरपालिका २ की फत्मा खातनुले भनिन् ।

अहिले पनि परेदशीको मान्छेले बदला लिने भन्दै धम्क्याइरहेको उनले गुनासो गरिन् । यो खबर आजको नयाँ पत्रिकामा छ ।

प्रकाशित : २०७६ कार्तिक २९, शुक्रबार ०१:५९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ