धनुषामा दुर्घटना हुँदा एकको मृत्यु


जनकपुरधाम, २९ कार्तिक । धनुषामा शुक्रबार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिका वडा नं. ११ का ४१ वर्षीय गोविन्द साह रहेको धनुषाका प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जैसवारले जानकारी दिए ।

त्यस्तै मोटरसाइकलमा सवार रहेका धिरेश साह घाइते भएका छन् ।

शुक्रवार बिहान जनकपुरधामबाट विराटनगर जाँदै गरेको बसले लक्ष्मिनिया गाउँपालिका वडा नं. ६ निकालमा ज ९ प ५४६१ नम्बरको मोटरसाइकलमा ठक्कर दिएका थियो ।

प्रकाशित : २०७६ कार्तिक २९, शुक्रबार ०६:०४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ