काँग्रेसको गुट–उपगुट अन्त्य गर्छुः गच्छदार


सुनसरी,३० कार्तिक। नेपाली काङ्ग्रेसका उपसभापति विजयकुमार गच्छदारले पार्टी भित्रको गुटउपगुट अन्त्य गर्नुपर्ने बताएका छन् ।

उनले गुटउपगुट अन्त्यका लागि आफूले भूमिका निर्वाह गर्ने उल्लेख गरे ।

सुनसरीको इटहरी उपमहानगरपालिका–३ मा आज आयोजित कार्यकर्ता भेलामा नेता गच्छदारले आफू पार्टीभित्र कुनै गुटको राजनीतिमा नलाग्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले अहिले पार्टीमा रहेको गुटउपगुटलाई मिलाउनका लागि आफूले सक्दो पहल गरिरहेको बताए । वर्तमान सरकारबाट जनता आजित भएको उपसभापति गच्छदारको भनाइ थियो ।

प्रकाशित : २०७६ कार्तिक ३०, शनिबार १५:०८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ