आमन्त्रित राष्ट्रिय कबड्डी प्रतियोगिताको उपाधि धनुषालाई


सप्तरी,३० कार्तिक । राजविराजमा सम्पन्न आमन्त्रित राष्ट्रिय कबड्डी प्रतियोगिताको उपाधि धनुषाले जितेको छ । आज सम्पन्न फाइनल खेलमा महोत्तरीलाई पराजित गरी धनुषाले रु ४१ हजार पुरस्कारसहित उपाधि हात पारेको हो ।

उपविजेता महोत्तरीले रु २६ हजार पुरस्कार प्राप्त ग¥यो । न्यू लक्ष्मी युवा क्लब र नरेन्द्र जनता माविद्वारा आयोजित उक्त प्रतियोगितामा आयोजक क्लब र झापा तेस्रो भए ।

लिग कम नकआउटका आधारमा भएको सो प्रतियोगितामा सप्तरीको दुई तथा धनुषा, महोत्तरी, झापा, मोरङ, सुनसरी, रौतहट, बारा र पर्साका खेलाडी सहभागी रहेको आयोजक न्यू लक्ष्मी युवा क्लबका जिवछ मण्डलले जानकारी दिनुभयो । प्रदेश नं २ लोकसेवा आयोगका सदस्य डा सुजाता देवलगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

प्रकाशित : २०७६ कार्तिक ३०, शनिबार १६:२५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ