विवाहपञ्चमीलाई लक्षित गरी जनकपुरमा ५ दिन माछा–मासु र मदिरामा रोक


जनकपुरधाम, १ मंसिर। जनकपुरधाममा पाँच दिन माछा–मासु र मदिरा बिक्री बितरणका साथै प्रयोग गर्न पाइने छैन् । आगामी मंसीर १५ गते हुने विवाहपञ्चमीलाई लक्षित गरी पाँच दिनसम्म माछा–मासु र मदिरा बिक्री गर्न धनुषा प्रशासनले रोक लगाएको छ ।

मंसीर १२ गतेदेखि १६ गतेसम्म माछा–मासु र मदिरा बिक्रीमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय, धनुषाले जनाएको छ ।

‘जनकपुरधाममा प्रवेश गर्ने मुख्यद्धार र सीमा एवं जनकपुरधाम स्थित परिक्रमा र परिक्रमा क्षेत्र भित्र माछा–मासु र मदिराको बिक्री बितरण, सेवन एवं कारोवार गर्न पाइने छैन’ जिल्ल प्रशासन कार्यालयले सूचना जारी गर्दै भनेको छ ।

यो सूचनाको अटेर गरेमा प्रचलित कानून अनुसार कार्वाही हुने प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले बताएका छन् ।

प्रकाशित : 17 November 2019 3:12 AM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ