सचिन तेन्दुल्कर पशुपतिनाथमा


काठमाडौं, १ मंसिर। चर्तित भारतीय क्रिकेटर सचिन तेन्दुल्करले पशुपतिनाथको दर्शन गरेका छन् । शुक्रबार राति नेपाल आएका तेन्दुल्कर आइतबार बिहानै पशुपतिनाथ पुगेका हुन् ।

संयुक्त राष्ट्र संघको बालबालिका सम्बन्धी अभिसन्धि पारित भएको ३० औं वर्षको उपलक्ष्यमा आयोजित कार्यक्रममा भाग लिन युनिसेफ नेपालले सचिनलाई काठमाडौं ल्याएको हो। सचिन युनिसेफको दक्षिण एसियाका सद्भावना राजदूत हुन्।

उनले शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मैत्रीपूर्ण क्रिकेटसमेत खेलेका थिए । नेपालका पूर्व कप्तान विनोद दास र सचिनसतिबालबालिकाहरुले क्रिकेट खेलेका थिए।

प्रकाशित : २०७६ मंसिर १, आईतवार ०३:४५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ