श्रीलंकाका राष्ट्रपतिमा गोताबया निर्वाचित


एजेन्सी, १ । मंसिर श्रीलंकाली राष्ट्रपतीय निर्वाचनमा गोताबया राजापक्ष निर्वाचित भएका छन् । उनले कडा प्रतिस्पर्धामा साजिथ प्रेमदासलाई हराएका हुन् ।

यसअघि राजापक्ष श्रीलंकका रक्षामन्त्री भइसकेका थिए । उनी श्रीलंकाका दुई पटक राष्ट्रपति भइसकेका महिन्दा राजापक्षका भाइहुन् ।

शनिबार श्रीलंकामा नयाँ राष्ट्रपतिका लागि निर्वाचन भएको थियो । राजापक्षले अप्रिलमा भएको बम विस्फोट र देशको सुरक्षालाई आफ्नो मुख्य अजेन्डा बनाएका थिए ।

प्रकाशित : २०७६ मंसिर १, आईतवार ०६:१०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ