बार्सिलोना खेल्न सहज क्लब होइन : ग्रिजम्यान


काठमाडौं,१ मंसिर । फ्रान्सका स्ट्राइकर एन्टोनी ग्रिजम्यानले बार्सिलोनामा फिट हुन कठिन भइरहेको स्वीकार गरेका छन् ।

उनी एल्थेटिको मड्रिड छाडेर यो सिजन बार्सिलोना गएका हुन् । ‘यो खेल्नका लागि सबैभन्दा सहज ठाउँ होइन’ उनले भनेका छन्, ‘नयाँ क्लब, कठिन क्लब र नयाँ रणनीति छ ।’

तर आफू जहाँ छु, त्यसमा गर्व रहेको र त्यस बसिरहन थप महेनत गर्न समेत बताएका छन् ।

क्लबले आफूमाथि विश्वास गरेको भन्दै उनले भने, ‘मैले क्लबको विश्वास जित्नु छ र त्यसका लागि म तयार छु ।’

प्रकाशित : 17 November 2019 2:52 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ