सुनको मूल्य घट्यो !


काठमाडौं, २ मंसिर। साताको दोस्रो दिन बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार सुन प्रतितोला दुई सय र चाँदी प्रतितोला पाँच रुपैयाँ घटेको हो ।

आइतबार छापावाल सुनको स्थिर मूल्य प्रतितोला ७१ हजार आठ सय र तेजावी सुन प्रतितोला ७१ हजार पाँच सय रुपैयाँ थियो । सोमबार छापावाल सुन प्रतितोला दुई सय रुपैयाँ घटेर तोलाको ७१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यसैगरी, आइतबारको तुलनामा तेजावी सुन पनि प्रतितोला दुई सय रुपैयाँ घटेर तोलाको ७१ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार प्रतितोला ८५५ रुपैयाँ रहेको चाँदी सोमबार प्रतितोला पाँच रुपैयाँ घटेर प्रतितोला ८५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित : २०७६ मंसिर २, सोमबार ०७:१९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ