रौतहट प्रहरीद्वारा १५ लाखको भारतीय प्याज बरामद


रौतहट, ३ मंसिर । जिल्लाको गौर भन्सारबाटै सेटिङमा भारतीय प्याज भित्रिन थालेको छ । गौरमा रहेका बिचौलिया र भन्सार कर्मचारीको मिलेमतोमा प्याज नेपाल भित्रिन थालेको हो ।

गौरमा भन्सार एजेण्टका रुपमा रहेका कौशल साहसहितको एक समूह पछिल्लो समय प्याजको कारोबारमा गरिरहेको समाचारस्रोतले बताएको छ । कर्मचारी र प्रहरीको मिलेमतोमा भन्सारबाटै सेटिङमा कपडाको कारोबारमा सक्रिय रहेको साह सहितको टोली पछिल्लो समय सेटिङमा भारतीय प्याज नेपाल भित्र्याउने काममा सक्रिय रहेको पाइन्छ ।

गौराबाट प्याज अबैध रुपमा नेपाल भित्राउँदा खर्च महंगो हुने भएका कारण प्याज माफियाले जिल्लाका अन्य नाकाबाट प्याज भित्र्याउन थालेका छन् । यसै क्रममा सशस्त्र प्रहरीले ठूलो परिमाणमा अवैध भारतीय प्याजसहित एउटा नेपाली नम्बरको ट्रक बरामद गरेको छ ।

सशस्त्र प्रहरी ११ नम्बर हेडक्वाटर गौरका प्रमुख सशस्त्रका एसपी रबिनराज कर्णजितको निर्देशनमा सादा पोसाकमा गएको सशस्त्रको टोलीले प्याज सहितको ना २ ख ६३०४ नम्करको ट्रक बरामद गरेको हो । भारतीय बजार घोडाशहनबाट अबैधरुपमा भित्र्याई फतुआ बिजयपुर नगरपालिका ७ डुमरियाटोलस्थित ट्रकमा प्याज लोड गरिरहेको बरामद गरेको सशस्त्रका एसपी कर्णजितले जानकारी दिएका छन् ।

प्रकाशित : २०७६ मंसिर ३, मंगलवार ०९:५८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ