राजपाको जनकनन्दनी गाउँपालिका अध्यक्षमा मण्डल चयन


जनकपुरधाम, ३ मंसिर । धनुषाको जनकनन्दिनी गाउपालिकामा राजपा नेपालको नयाँ कार्य समिति चयन भएको छ । जनकनन्दिनी गाउँपालिका अध्यक्षमा नन्दकिशोर मण्डल चयन भएका हुन् ।

मण्डलको अध्यक्षतामा २८ सदस्यीय कार्य समिति सर्वसम्मतीले चयन भएको राजपाले जनाएको छ । छोटो समयमा नै राम्रो काम गर्न सफल भएको भन्दै नेता मण्डललाई अध्यक्षमा चयन गरिएको छ ।

गाउँपालिका अधिवेशन राजपाका धनुषा जिल्ला सचिव मनोज साहको अध्यक्षतामा भएको थियो ।

प्रकाशित : २०७६ मंसिर ३, मंगलवार १०:४५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ