उत्तराखण्डका मुख्यमन्त्री रावतले भने– कालापानी भारतको हिस्सा हो र सधैँ रहन्छ


जनकपुरधाम, ३ मंसिर । उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्रसिंह रावतले कालापानी भारतको हिस्सा रहेको दावी गरेका छन् । उनले भनेका छन्, ‘कालापानी क्षेत्र भारतको हिस्सा हो र सधैं रहन्छ ।’

नेपालमा कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतले आफ्नो राजनीतिक नक्सामा समेटेको भन्दै व्यापक विरोध भइरहेको बेला भारत उतराखण्डका मुख्यमन्त्रीले दिएको अभिव्यक्ति चर्चाको विषय बनेको छ । भारतीय पत्रिका अमर उजालासँग मुख्यमन्त्री रावतले कालालपनी लगायतका भू(भागलाई लिएर नेपालमा भइरहेको विरोध प्रदर्शनलाई भारतले चिन्ताजनक तवरले हेरिरहेको समेत बताएका छन् ।

उनले नेपालमा भइरहेको आन्दोलनप्रति समेत आपत्ति जनाएका छन् । उनले भनेका छन्, ‘नेपालले भारतको त्यो भूमिलाई यसरी विरोध गर्ने तरिका भएन । यो नेपालीको कार्यसंस्कृति पनि होइन ।’ नेपाल भारतको मित्र राष्ट्र भएकाले वार्ता माध्‍यमबाट समस्याको समाधान गर्नुपर्ने उनको भनाई छ ।

यता, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले समेत कालापानी क्षेत्रमा नेपाली सीमा मिचिएको कुरा अस्वीकार गर्दै आएको छ। त्यसअघि गत कात्तिक २१ गते नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविश कुमारले नयाँ नक्साले नेपालसँगको सीमा परिवर्तन नगरेको दाबी गरेका थिए ।

प्रकाशित : 19 November 2019 11:06 AM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ