नशालु ट्याब्लेट र सुईसहित पर्सामा ३ जना पक्राउ


र्सा, ३ मंसिर । वीरगंज महानगरपालिका १६ रजतजयन्ती चोकबाट नियन्त्रित लागूऔषध डाइजेल्याप १२ एम्पुल, नुर्फिन १२ एम्पुल र फेनारगन १२ एम्पुल सहित ३ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा मकवापुर हेटौंडा उपमहानगरपालिका ११ बस्ने ३१ वर्षीय सोमनाथ फुईया, लमजुङ शुवडीपल नगरपालिका ९ बस्ने २४ वर्षीय गणेश भण्डारी र सोही ठाउँ बस्ने सुरज गुरुङ रहेका छन् । प्रहरी चौकी ईनरुवा पर्साबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

पक्राउ परेका तीनै जनामाथि कारबाही प्रक्रिया अगाडी बढाएको पर्सा प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७६ मंसिर ३, मंगलवार ११:१८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ