धनुषामा चोरीका छ मोटरसाइकल बरामद, सात चोर पक्राउ


जनकपुरधाम, ४ मंसीर । धनुषा प्रहरीले चोरीका ६ मोटरसाइकलसहित ७ जना चोरलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा विभिन्न ठाउँबाट मोटरसाइकल बरामद गर्नुका साथै चोरहरुलाई पक्ररीले सार्वजकि गरेको हो ।

पक्राउ पर्नेमा सबैला नगरपालिका–१ मुसहरी टोलका २५ वर्षीय काशिन्द्र सदा, शहीद नगरपालिका –२ का २० वर्षीय विजय यादव, विदेह नगरपालिका–२ बस्ने २० वर्षीय राजन यादव छन् । त्यस्तै, महोतरीको बर्दिबास–१३, भेडियाही बिजलपुराका २३ वर्षीय अरुण कुमार राउत, सोही स्थानका २२ वर्षीय सुनील कुमार चौधरी, १९ वर्षीय रामपुकार भण्डारी र महोत्तरीकै औरही नगरपालिका–३ का मनोजकुमार ठाकुर पनि पक्राउ परेका छन् ।

पक्राउ परेकाहरुकै साथबाट ज ५ प ७१६३, ज ६ प ५४६०, बा ४७ प ९९४३, ज ९ प ९०८, ज ६ प ९७७५ र ज ७ प ९८८१ नम्बरको मोटरसाइकल बरामद गरिएको छ । फाउ परेकाहरुमाथि अनुसन्धान तथा कारबाही प्रक्रिया अगाडी बढाएको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७६ मंसिर ४, बुधबार ०१:५८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ