लहानबाट अपहरित निगमको ट्याङ्कर धनुषामा भेट्यो


जनकपुरधाम, ४ मंसिर । आइतबार राति लहानबाट बेपता पारिएको नेपाल आयल निगमको ट्यांकर धनुषामा फेला परेको छ ।

निगमको इन्धन डिपो अमलेखगञ्जबाट गत आइतवार अपराह्न २ बजे २० हजार डिजल लोड गरेर १ नम्बर प्रादेशिक कार्यालय विराटनगर प्रस्थान गरेको ना ४ ख ४१६३ नम्बरको ट्यांकर सोही दिन राति सिरहाबाट बेपत्ता भएको थियो । तर आज फेला परेको ट्यांकर खाली रहेको प्रहरीले जनाएको छ ।

ट्यांकर धनुषाको रामदहैया भवाडे भन्ने स्थानमा फेला परेको हो । सिरहाको लहानस्थित पूर्वपश्चिम राजमार्गअन्तर्गत हुलाक कार्यालय अगाडि पार्किङ गरी विश्राम गरेको अवस्थामा मध्यरातमा अज्ञात समूहको अपहरणमा परेको थियो। नेपाल आयल निगमका प्रवक्त वीरेन्द्र गोइतका अनुसार नेपाल आयल निगमका ढुवानीकर्ता राजेश गुप्ताको नाममा करार सम्झौता भइ सञ्चालनमा रहेको उक्त ट्याङ्कर बेपत्ता भएको थियो ।

आइतबार राति करिब १२ बजेको समयमा लहानस्थित हुलाक कार्यालय अगाडि विश्राम गर्नका लागि पार्किङ गरिएको अवस्थामा ट्याङ्करलाई अपहरणकारीले कब्जामा लिएको थियो ।

प्रकाशित : २०७६ मंसिर ४, बुधबार ०४:२३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ