धनुषाकी महिला शिक्षकविरुद्ध अख्तियारले दर्ता गराए आरोपत्र


जनकपुरधाम, ४ मंसिर । धनुषाको तत्कालिन लक्ष्मीनिया गाविस ८ मा रहेको राष्ट्रिय प्राथमिक विद्यालयकी महिला शिक्षक संगिता कुमारी महतो विरुद्ध अख्तियारले विशेष अदालतमा आरोप पत्र दायर गराएको छ ।

अख्तियारका अनुसार महतोले नक्कली अध्यापन अनुमति पत्र पेश गरी २०६४ कार्तिक ११ मा प्राथमिक तहको राहत कोटामा शिक्षक पदमा नियुक्ति लिएकी थिइन् । सो विषयमा परेको जुरीउपर अनुसन्धान हुँदा उनले शिक्षक सेवा प्राथमिक तह राहत कोटामा नियुक्ति हुँदाका बखत शिक्षक सेवा आयोग, सानोठिमी भक्तपुरबाट प्राप्त प्रावि तहको स्थायी अध्यापन अनुमति पत्र झुठ्ठा एवं नक्कली पेश गरी सरकारी लाभ/सुविधा लिएको पुष्टी भएको अख्तियारको दावी छ ।

उनीमाथि भ्रटाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर गरेको देखिंदा आवश्यक कारबाहीका लागि आरोपत्र दायर गरिएको अख्तियारले जनाएको छ ।

प्रकाशित : २०७६ मंसिर ४, बुधबार ११:५४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ