धारिलो हतियारले जग्गा व्यापारी यादवको हत्या


सुनसरी, ४ मंसिर । सुनसरीको इनरुवाका एक जग्गा व्यापारीको हत्या भएको छ । इनरुवाकै करिब ४० वर्षीय कारी यादबको हत्या गरी फालिएको अवस्थामा शव फेला परेको हो ।

सुनसरी जिल्ला अदालत नजिकै घर भएका यादवको शव घर छेउमै भेटिएको प्रहरीले जनाएको छ । धारिलो हतियार प्रहार गरी हत्या गरेको देखिएपनि घटनास्थलमा रगत देखिएको छैन । प्रहरीका अनुसार अर्कै ठाउँमा हत्या गरी यहाँ ल्याएर फालेको अनुमान छ ।

स्थानीयका अनुसार यादवका दुई सन्तान मावला गएकाले श्रीमती समेत उनीहरुलाई लिन माइत गएकी थिइन् । घरमा यादवकी बुहारी र बच्च मात्र थिए । सोही मौकामा उनलाई फोन गरी बोलाएर हत्या गरेको बताइन्छ ।

घटना विषयमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : 20 November 2019 12:23 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ