किन रोकियो मन्त्रीमण्डल पुनर्गठन ?


काठमाडौं, ४ मंसिर । मन्त्रिपरिषद सदस्य हेरफेर गर्ने प्रधानमन्त्रीको तयारी अन्तिम समयमा आएर रोकिएको छ । वर्तमान मन्त्रिपरिषदका कम्तीमा चार सदस्यलाई हटाएर नयाँ अनुहारलाई मन्त्रिपरिषदमा सहभागी गराउने गृहकार्य पूरा नभएको भन्दै आज ४ बजेलाई तय भएको शपथग्रहण रोकिएको हो ।

प्रधानमन्त्री कार्यालयले आज मन्त्री नियुक्त नहुने जानकारी गराएपछि राष्ट्रपतिको कार्यालयले शपथग्रहणको तयारी स्थगित गरेको हो । ‘प्रधानमन्त्रीको सचिवालयले आज मन्त्रीको शपथ नहुने जानकारी गराएका कारण यसअघि तय भएको समय आजलाई स्थगित भएको छ अब अर्को जानकारी आएपछि मात्र शपथग्रहणको तयारी गर्छौं,’ राष्ट्रपति कार्यालयका एक अधिकारीले भने ।

प्रधानमन्त्री सचिवालयका अनुसार हटाइने मन्त्रीको टुंगो लागेपनि नयाँ मन्त्री को हुने भन्ने टुंगो लाग्न बाँकी रहेका कारण आज नयाँ मन्त्री नियुक्त गर्ने र शपथग्रहण गराउने कार्य स्थगन गरिएको हो ।

प्रकाशित : २०७६ मंसिर ४, बुधबार १२:३३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ