नवनियुक्त मन्त्री हृदयश त्रिपाठी गरे पदभार ग्रहण


काठमाडौं, ५ मंसिर । नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदय त्रिपाठीले कार्यभार ग्रहण गर्नुभएको छ ।

राष्ट्रपतिबाट पद तथा गोपनियताको शपथ लिए लगत्तै नवनियुक्त मन्त्री त्रिपाठीले सिंहदरबार स्थित कार्यालयमा कार्यभार ग्रहण गर्नुभएको हो । कार्यभार ग्रहण गर्दैै मन्त्री त्रिपाठीले आफ्नो पहिलो प्राथमिकता स्थानीय तहमा आर्थिक अनियमितता देखिएको र त्यसलाई व्यवस्थित गर्नु रहेको बतानुभएको छ ।

स्थानीय तहमा जनप्रतिनिधि पनि नयाँ र कर्मचारी पनि नयाँ रहेकाले ठूलो मात्रामा गएको रकम पारदर्शी रुपमा खर्च हुन नसकेको अवस्था रहेको उहाँको भनाई छ ।

यस्तै संसदीय समितिमा अल्झिएको संघीय निजामति ऐनलाई निष्कर्षमा लैजाने तथा कर्मचारी समायोजनको काम पूरा गर्ने कुरा आफ्नो प्राथमिकतामा रहेको मन्त्री त्रिपाठीले बताउनुभयो ।

नवनियुक्त मन्त्रीको स्वागत गर्न मन्त्रालयका कर्मचारीहरु लामबद्ध भएर उभिएका थिए । उनीहरु फूलमाला, फूलका गुच्छा र खादासहित लाइनमा उभिएका थिए ।

प्रकाशित : 21 November 2019 9:42 AM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ